६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अपराध

लागूऔषध सहित पाँच जना समातिए

अवैध लागूऔषध सहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ डेरा गरी बस्ने ललितपुर महाँकाल गाउँपालिका-६ घर भएका २३ वर्षीय सुजन लोप्‍चन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २७ ग्राम १ सय ६० मिलिग्राम, नगद ६५ हजार रूपैयाँ र डिजिटल तराजु ३ थान सहित सोही ठाउँ बस्ने सप्तरी घर भएका २१ वर्षीय अनिल कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोड पाथीभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय अभिषेक राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ १९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App