१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

बाँसघारीमा लुकाएको सवा आठ क्विन्टल गाँजा बरामद

सशस्त्र प्रहरी धनुषाले ८ सय ३५ किलो गाँजा बरामद गरेको छ । बिदेह नगरपालिका- ३ गोबराहीस्थित बासको घारीमा लुकाएर राखिएको आठ क्विन्टल ३५ किलो गाँजा शुक्रबार प्रहरीले छापा हानेर बरामद गरिएको हो।

प्रहरीले गोप्य सूचनाका आधार शुक्रबार स्थानीय जोगिन्द्र साहले बासघारीमा बनाएको टहराबाट परिणामको लागूऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी धनुषाका उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

दुई दिनअघि विदेह नगरपालिका-३ स्थित इँटाभट्टामा राखेको ४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई  प्रहरीले पक्राउ गरिएको थियो।

प्रकाशित: ३ आश्विन २०८२ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App