२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अपराध

छोरीले गरिन् बाबुको हत्या

दैलेखको नौमुले गाउँपालिका–५ गजमालीमा छोरीले कुटपिट गर्दा ६५ वर्षीय धनबहादुर रामजाली मगरको मृत्यु भएको छ। सोमबार मदिरा सेवनपछि कुटपिट गर्दा गम्भीर घाइते भएका धनबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।  

प्रहरीका अनुसार विवाहविच्छेद भई माइत बसेकी २७ वर्षीया तिर्सना रामजाली मगरले मदिराको नशामा काठको चिरपटले टाउकोमा प्रहार गरेपछि धनबहादुर गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र नौमुले पुर्‍याइए पनि उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेबाट जिल्ला अस्पताल दैलेख लगिएको छ। कुटपिटमा संलग्न तिर्सना रामजाली मगरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले बताए ।

प्रकाशित: २३ मंसिर २०८२ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App