२४ पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

विदेशीले पेटमा लुकाइएको कोकिन बरामद

नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ । हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी नागरिकहरूमाथि निगरानी गर्ने क्रममा अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहका तीन जना विदेशी नागरिकलाई पक्राउ गरी लागु औषध बरामद गरिएको छ। बरामद पदार्थ कोकिन जस्तो देखिने सेतो पदार्थ रहेको छ।

लाओसबाट थाईल्याण्ड हुँदै काठमाडौं आएकी ४० वर्षीया थाई नागरिक मिस रुसेनी कामालाई विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा सिनामंगलको एक होटलमा फेला पारिएको थियो। खानतलासी गर्दा १२ वटा प्लाष्टिक कोटेट क्याप्सुल भित्र कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।  

थप अनुसन्धानको क्रममा उनले मुखबाट निलेर पेट भित्र लुकाएको अन्य २९ वटा क्याप्सुल स्वास्थ्यकर्मीको सहयोगमा अस्पतालबाट निकालेर बरामद भएको छ ।  

त्यस्तै लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका ५५ वर्षीय भारतीय नागरिक जाभिरलाई उनीसँगै रहेका २१ वर्षीय भारतीय नागरिक मुर्सालेन हुसेनमाथि पनि प्रहरीले खोजतलास गरेको थियो । उनीहरूको साथबाट सुटकेस भित्रको कफी प्याकेटमा लुकाइएका तीन केजी ७५० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय गिरोहसम्बन्धी निगरानी र लागु औषध नियन्त्रणमा थप कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित: १० पुस २०८२ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App