२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सिइओ पक्राउ

जापान पठाइदिने बहानामा ११५ जना युवाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकीलाई नियन्त्रणमा लिइएको हो।

बुढाथोकीलाई साउन २५ गते रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आफ्नो कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ११५ जना पीडितबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम उठाएर ठगी गरेको विभागको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगार ऐनअनुसार ठगी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App