२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अपराध

साढे १० किलो गाँजासहित अटो चालक पक्राउ

उदयपुरबाट लागूऔषध गाँजासहित आईतबार एक अटो रिक्सा चालक पक्राउ परेका छन् । बेलका नगरपालिका १ आम्बासीस्थित भागलपुर प्रहरी चौकीबाट खटेको टोलीले अटो रिक्सामा लादै गरेको गाँजासहित चालक पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका ९ रामपुरबाट सप्तरीको फत्तेपुर बजारतर्फ जाँदै गरेको को २ ह ४२४६ नं. को अटो रिक्सामा चेकजाँच गर्दा गाँजा फेला परेको हो ।  

रुपनगर–चतारा–नडाहा सडक खण्डअन्तर्गत पर्ने सो रुटमा प्रहरी चौकी भागलपुरको टोलीले नियमित चेकिङको क्रममा अटोमा गाँजा फेला पारेपछि चालक बेलका ९ का ३२ वर्षीय बलबहादुर बिश्वकर्मालाई अटोसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

अटोबाट १० किलो २ सय ३० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए । उनका अनुसार अटोको पछाडिको भागमा लुकाई छिपाई लाँदै गरेको गाँजा बरामद भएको हो । पक्राउ गाँजा र चालक दुवैलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान भईरहेको डिएसपी दोङले बताएका छन् ।

 

प्रकाशित: १६ कार्तिक २०८२ २०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App