२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

दाङमा ५१ वर्षीया महिलामाथि जबरजस्ती करणी

दाङमा ५१ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७, कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरा रहेका छन्।

उनलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भनी परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बोहरामाथि थप कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App