१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

‘म घुमुवा प्रहरी हुँ’ भन्दै सर्वसाधारणसँग १० हजार माग्ने पक्राउ

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्। शुक्रबार साँझ भैरहवा बजार क्षेत्रमा राणाले ‘म जिल्ला प्रहरी कार्यालय रूपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो।

प्रहरीले खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागु औषध गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद दुई हजार ६ सय रुपैयाँ बरामद गरेको छ। बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ श्रावण २०८३ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App