२८ मंसिर २०८२ आइतबार
image/svg+xml
अपराध

विदेशी पर्यटकलाई सहयोगका नाममा पैसा ठग्ने पक्राउ

विदेशी पर्यटकलाई यात्रामा सहजीकरण गर्ने नाममा ठगी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिका-३ स्थायी घर भएका ४० वर्षीय विशु सिंजालीलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्यीले जानकारी दिए ।

नेपालमा रहेको अल्टिच्यूड राईडर्स प्राली कम्पनीले नेपालमा मोटरसाइकलको व्यवस्थापन गरिदिने भनेर पोल्याण्डका नागरिकलाई झुक्याइएको पाइएको छ ।  

उनीहरूलाई मोटरसाइकल राईडसहित खाना, बस्न र अन्य सहयोगको सम्पूर्ण प्याकेज मिलाउने भन्दै लागतको ३० प्रतिशत माग गरेका थिए ।  

पछि रकम लिएर सम्पर्कविहीन भएको आरोपसहित पोल्यान्डका नागरिकले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको अवस्थीले बताए ।  

पक्राउ परेका सिंजालीलाई विद्यूतीय माध्यमबाट गो गरेको कसुरमा रोल्पामा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित: २८ कार्तिक २०८२ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App