५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

रौतहटबाट दुई पेस्तोलसहित समातिए एक युवक

रौतहटको चन्द्रपुर नगरपालिका–४ देउराली चोकबाट सशस्त्र प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्य रहेका छन्।

शनिबार दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा आचार्यले बोकेको झोलाबाट हतियार फेला परेको थियो।

सशस्त्र प्रहरीका अनुसार आचार्यको साथबाट अत्याधुनिक हतियार र गोलीगठ्ठा बरामद भएको छ।

बरामद सामग्रीहरूमा ब्राउनिङ पेस्तोल ९ एमएमको १ थान र सोको म्याग्जिन १ थान। इटालीमा बनेको ब्रेटा गारडोनेट भिटी ब्रेटा पेस्तोल १ थान र सोको म्याग्जिन १ थान। १३ राउण्ड गोली, १ थान खुकुरी, १ थान ओप्पो मोबाइल, ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड, लाइसेन्स रसिद र झोला रहेका छन्।

पक्राउ परेका आचार्यलाई बरामद हातहतियार तथा सामग्रीसहित आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८२ १९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App