५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अपराध

लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादी ११,७६८ ट्याब्लेटसहित पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पोखराबाट पक्राउ गरेको छ।

प्रहरीले कास्कीको पोखरा महानगरपालिका-१८ अधेरीकुनाबाट धादिङको ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा-१८ कुँवर टोलमा डेरामा बस्दै आएका ४१ वर्षीय अनुप छत्कुलीलाई पक्राउ गरेको हो।

उनको साथबाट लागूऔषध ट्रामाडोल ११ हजार ९६८ ट्याब्लेट र एउटा मोबाइल बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार छत्कुली यसअघि वडा प्रहरी कार्यालय बैदाममा दर्ता भएका दुईवटा लागूऔषध मुद्दामा फरार रहेका थिए। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा बुझाइएको छ।

प्रकाशित: ५ भाद्र २०८३ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App