४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

आईजीपीलाई खगेन्द्रको चुनौती : मानमर्दन भए उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आईजीपी दानबहादुर कार्कीमाथि आफूले उठाएको प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरीका स्रोत–साधन खरिदमा अनियमितता भएको विषयमा मानमर्दन भएजस्तो लागे आईजीपी कार्कीलाई अदालत गएर मुद्दा हाल्न चुनौती दिए।

उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला।’

सार्वभौम समितिमा उपस्थित भएर मर्यादित ढंगले विषयको जवाफ दिनुपर्ने बताउँदै उनले भने,‘ कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।’

यस्तै उनले प्रहरीको खरिद प्रक्रियासँग सम्बन्धित विषयमा १५ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन भनेपनि त्यसको जवाफ आए नआएकोबारे जानकारी नगराइएको भन्दै प्रश्न गरे।

उनले भने, ‘यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’

प्रकाशित: ४ भाद्र २०८३ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App