४ भाद्र २०८३ बिहीबार
image/svg+xml
अपराध

उदयपुरबाट काठसहित दुई जना पक्राउ

उदयपुरबाट काठसहित दुई जना पक्राउ परेका छन्।

सवडिभिजन वन कार्यालय तपेश्वरीबाट खटेको टोलीले बेलका नगरपालिका १ स्थित बेलका जनशक्ति सामुदायिक वन समूहको जंगलबाट चिरान काठसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको कोशी नगरपालिका ७ वइनगम्माका ४८ वर्षीय बालकुमार यादव र सोही ठाउँका ४५ वर्षीय रामकिशन सदा रहेका छन्।

काठ तस्करहरूको ८ जनाको समूह रहे पनि अन्य फरार रही उनीहरू दुई जनालाई भने पक्राउ गर्न सफल भएको डिभिजनल प्रमुख (डिएफओ) गजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट एउटा बन्चरो र एउटा खुकुरी तथा १०.७ क्युविक फिट चिरान काठ बरामद गरेको छ।

उनीहरू विरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ भाद्र २०८३ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App