दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका-७, जंङ्रहवास्थित मोतिराम डाँगीको घरमा शुक्रबार राति जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो
प्रहरीले जुवा खालबाट नगद ६३ हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय विष्णु शर्मा लगायत सात जना रहेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८२ १९:२० शनिबार





