२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

ललितपुरको धौगलबाट ५० किलो चाँदीसहित एक भारतीय पक्राउ

५० किलो चाँदीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले ५० केजीभन्दा बढी चाँदीसहित ३१ वर्षीय अभिषेश शेखलाई नियन्त्रणमा लिएको जनाएको छ ।  

उनी विगत केही वर्षदेखि चाँदीका गरगहना कारोवार गर्ने गर्दथे । शेखले आफ्नो घर भारतको घोरसहन पूर्वी चम्पारण बताएका छन् । उनले भारतबाट अवैध रुपले नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचविखन गर्दै आई रहेको भन्ने  सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट ५० केजी ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १थान, ईलेक्ट्रीक साईलक १ थान, आईप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद गरेको छ ।

नियन्त्रणमा लिईएका उनलाई बरामद चाँदी, नगद र  अन्य सामानसहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित: ३० आश्विन २०८२ १७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App