१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

वृद्धाको हत्या आरोपमा ४५ वर्षीया महिला पक्राउ

धनुषामा वृद्ध महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। हंसपुर नगरपालिका(७, नुवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या आरोपमा सोही ठाउँ घर भएकी ४५ वर्षीया पवित्री देवी मण्डल पक्राउ परेकी हुन्।  

गत सोमबार राति करिब ९ बजे घरबाट करिब ५ सय मिटर टाढा चन्द्रकलाको शव फेला परेको थियो। शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।

मण्डलले गरगहना लुटपाट गरी चन्द्रकलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडी बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ।  

पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २६ कार्तिक २०८२ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App