अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २८ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३५ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन १८ एम्पुल सहित ललितपुर ग्वार्को बस्ने मकवानपुर घर भएका २४ वर्षीय संजिव तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गे पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३९ ग्राम सहित काठमाडौं नरेफाँट बस्ने सिराहा गोलबजार नगरपालिका-४ घर भएका २२ वर्षीय आदित्य यादव समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं महानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने धादिङ घर भएका २६ वर्षीय निशान ढुङ्गानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
पर्सा, ठोरी गाउँपालिका-३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ५० ग्राम सहित भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-४ बस्ने २२ वर्षीय रूपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ आर ७१६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित मेलिना होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सल्यान त्रिवेणी गाउँपालिका-३ बस्ने २७ वर्षीय सन्दिप वली समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरबाट खटिएको प्रहरीले होटलको २०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
संखुवासभा, खाँदबारी नगरपालिका-८ अर्चले बस्ने ७० वर्षीय रत्न बहादुर मगरलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ५७ ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
रूपन्देही, कञ्चन गाउँपालिका-२ कटैया बस्ने ४८ वर्षीय पाचु मल्लाहलाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ ओखरपुर बस्ने २० वर्षीय अमित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, बैजनाथ गाउँपालिका-२ मकैबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय पुष्कर बुढा क्षेत्री समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उदयपुर, त्रियुगा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२२ बस्ने २४ वर्षीय सन्दिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको को.२० प ८२०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडी राईटोल बस्ने ३२ वर्षीय बिकल राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-३ टौखेलबाट नियन्त्रित लागूऔषध स्पास्पेन १८ ट्याब्लेट र प्रेगाब्लिन १८ ट्याब्लेट सहित गोदावरी नगरपालिका-४ गोदावरी बस्ने कपिलवस्तु घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
महोत्तरी, बर्दिबास नगरपालिका-१ बर्दिबास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम ४० मिलिग्राम सहित डडेल्धुरा भागेश्वर गाउँपालिका-१ बस्ने २६ वर्षीय पदम ठकुराठी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ७००२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय हरिलाल राना समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा, भद्रपुर नगरपालिका-४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-८ किशनभिट्टा बस्ने २७ वर्षीय लखन वास्के समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१६ बस्ने २३ वर्षीय बिनोद लिम्बु र मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २३ वर्षीय दिपेश चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी, सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय सुरेन्द्र महत्तोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भिओ ७८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: २८ असार २०८३ १५:१५ आइतबार





