१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अपराध

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने र झोला खोस्ने २३ जना पक्राउ

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो। बसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख-हैरानी दिएको भन्ने जनगुनासोका आधारमा प्रहरीले सादा पोसाकमा टोली परिचालन गरेको थियो।

सो क्रममा सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीलाई समेत अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

पक्राउ पर्नेहरूको नामावली र ठेगाना

१. रुपन्देही, सैनामैना न.पा.-११ बस्ने लाल बहादुर शेनका छोरा वर्ष ६० का डोल राज शेन।

२. गोरखा, गण्डकी गा.पा.-५ बस्ने लोक बाहदुर भुजेलका छोरा वर्ष २१ का प्रदिप भुजेल।

३. जुम्ला, गोठ्ठिचौर गा.पा.-४ बस्ने कृष्ण चन्द पाण्डेका छोरा वर्ष २७ का लोक दर्शन पाण्डे।

४. बाँके, कोहलपुर न.पा.-५ बस्ने प्रेम शाहीका छोरा वर्ष २३ का सन्देश शाही।

५. बाँके, कोहललुर न.पा.-१२ बस्ने कुल बहादुर भण्डारीका छोरा वर्ष २८ का मिलन भण्डारी।

६. दाङ, दङ्गीशरण गा.पा.-६ बस्ने डम्वर बहादुर खड्काका छोरा वर्ष २४ का रमेश खत्री।

७. दाङ, घोराही उ.प.म.न.पा.-२ बस्ने तुल बहादुर घर्तीका छोरा वर्ष २३ का विकास घर्ती।

८. रोल्पा, रुन्डीगढी गा.पा.-७ बस्ने विर बहादुर पुनका छोरा वर्ष २० का किरण पुन।

९. रुपन्देही, तिलोत्तमा न.पा.-११ बस्ने गणेश विश्वकर्माका छोरा वर्ष २३ का रोहित बि.क.।

१०. कास्की, पोखरा म.न.पा.-११ बस्ने राम बहादुर शाहिका छोरा वर्ष ३२ का सन्तोष शाही।

११. डडेलधुरा, अरमगढी न.पा.-७ बस्ने शोभीलाल भट्टराईका छोरा वर्ष ३२ का शिवराज भट्टराई।

१२. मुगु, खप्याड गा.पा.-४ बस्ने लाल बहादुर रोकायका छोरा वर्ष २३ का कविराज रोकाय।

१३. दाङ, तुल्सिपुर उ.प.म.न.पा.-१३ बस्ने टिकाराम खत्रिका छोरा वर्ष २५ का प्रकाश खत्री।

१४. रुपन्देही, बुटवल उ.प.म.न.पा.-४ बस्ने मोहन विश्वकर्माका छोरा वर्ष १९ का रविन विश्वकर्मा।

१५. उदयपुर, रौतामाई न.पा.-७ बस्ने रणबहादुर मगरका छोरा वर्ष २३ का जित बहादुर मगर।

१६. कैलाली, लम्किचुहा न.पा.-१० बस्ने दरबारी कठरियाका छोरा वर्ष ४० का कृष्ण प्रसाद कठरिया।

१७. दाङ, तुल्सिपुर न.पा.-१८ बस्ने भिम बहादुर नेपालका छोरा वर्ष १७ का विजय नेपाली।

१८. कैलाली, गोदावरी न.पा.-२ बस्ने डम्वर ओलिका छोरा वर्ष २७ का पदम ओली।

१९. दाङ, शान्तिनगर न.पा.-५ बस्ने कुमार घर्ति मगरका छोरा वर्ष २१ का रिजन घर्ति मगर।

२०. स्याङ्जा, गल्पाङ न.पा.-११ बस्ने ओम प्रसाद ज्ञवालीका छोरा वर्ष ३२ का कमल ज्ञवाली।

२१. कैलाली, धनगढी न.पा.-८ बस्ने कृष्ण न्यौपानेका छोरा वर्ष ३२ का दिपक न्यौपाने।

२२. कैलाली, टिकापुर न.पा.-१ बस्ने खड्ग साउदका छोरा वर्ष १९ का मनोज साउद।

२३. कैलाली, धनगढी उ.प.म.न.पा.-२ बस्ने चन्द्र बहादुर विष्टका छोरा वर्ष ३८ का प्रेम विष्ट।

प्रकाशित: १७ असार २०८३ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App