१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

साढे १० लाख नगदसहित २२ जुवाडे पक्राउ

सांकेतिक तस्बिर

ठूलो जुवा खाल बनाएर खेलिरहेका २२ जुवाडे पक्राउ परेका छन् । नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको बार्दलीइन होटलमा जुवा खेलिरहेका २२ जनालाई कौडा र ठूलो परिमाणको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।  

प्रहरी नायब उपरीक्षक विक्रम लामाको टोलीले कौडा खेलिरहेको जानकारी पाएपछि छापा मारेको थियो।  

प्रहरी टोलीले ६ जना महिलासहित २२ जनालाई ३१ थान कौडा र  नगद  १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।  

पक्राउ परेकाहरूलाई विदुरस्थित प्रहरीको हिरासतमा राखिएको छ। उनीहरूलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको हिरासतमा राख्ने म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ भाद्र २०८२ २१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App