१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

भक्तपुरका २० कैदीबन्दी प्रहरी नियन्त्रणमा

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भक्तपुरका विभिन्न कारागारबाट भागेका २० जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई नियन्त्रणमा लिइ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेव काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसकार सूचना अधिकृत डिएसपी ढुण्डीराज नेउपानेले विभिन्न मुद्दाका कैदीबन्दीहरू फरार भएकोमा यस कार्यालय तथा मातहत कार्यालयबाट खोजतलास गर्ने क्रममा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको बताए।

नियन्त्रणमा आउनेहरूमा एक महिला र १९ पुरुष गरी जम्मा २० जना कैदीबन्दी रहेको उनले बताए।

प्रकाशित: ९ आश्विन २०८२ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App