४ भाद्र २०८३ बिहीबार
image/svg+xml
अपराध

घरगोठमा लुकाइ राखेका ६६० केजी गाँजासहित २ जना पक्राउ

सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका-१४ डाइनियाखोलाका दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार स्थानीय ६३ वर्षीय नरबहादुर थिङले आफ्नै घरमा लुकाएर राखेको २६ वटा बोराबाट ५६० किलो गाँजा बरामद गरिएको छ। त्यस्तै, ५२ वर्षीय जेन्सु माया थिङको गोठमा चार वटा टिनको ड्रमभित्र लुकाएर राखिएको थप १०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

दुवै स्थानबाट गरी प्रहरीले जम्मा ६६० किलो गाँजा बरामद गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाइएको छ। प्रहरीले उनीहरूबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ। लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ४ भाद्र २०८३ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App