४ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्यामा हेलिकप्टर दुर्घटना : इक्वेडरका गुप्तचर प्रमुख र उनकी श्रीमतीसहित सात जनाको मृत्यु

बुधबार केन्यामा भएको हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख र उनकी श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच अमेरिकी नागरिक समेत रहेका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दुर्घटनामा पाँच अमेरिकी नागरिकको पनि मृत्यु भएको बताएका हुन्।

इक्वेडरका गुप्तचर प्रमुख मिशेल सेन्सी कोन्टोगी र उनकी श्रीमती स्टेफनी होलिहान साम्बुरु काउन्टीमा मारिएका सात जनामध्ये थिए।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर लुइजाबाको संरक्षित वन्यजन्तु क्षेत्रबाट केन्याको धेरै भागहरू हुँदै बग्ने प्रमुख नदी इवासो न्यरो नदी तर्फ उडेको थियो।

केन्याको यातायात मन्त्रालय र हवाई दुर्घटना अनुसन्धान विभागले दुर्घटनाको अनुसन्धान गर्नेछ। प्राधिकरणका अनुसार अनुसन्धानले हेलिकप्टर दुर्घटनाको कारण र यसको वरपरको परिस्थिति पत्ता लगाउने प्रयास गर्नेछ।

प्रकाशित: ४ भाद्र २०८३ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App