तस्करी गरी भित्राइएको प्रतिबन्धित भारतीय कुखुराको चल्लासहित कपिलवस्तुमा २ जना पक्राउ परेका छन्।
शिवराज नगरपालिका ८ बाट २ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा ढाई हजार चल्लासहित उनीहरू पक्राउ परेका हुन्।
चल्ला २६ वटा कार्टुनमा राखिएको थियो। विजयनगर गाउँपालिका–४ नैरगिया गाउँका २५ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय अपरम मुसलमानलाई ढाई हजार चल्लासहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन बिक्रम शाहले बताए।
बरामद गरिएको चल्ला र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको उनले बताए।
प्रकाशित: ४ भाद्र २०८२ १९:२५ बुधबार





