लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन्।
काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित सोही ठाउँ बस्ने लमजुङ घर भएका २४ वर्षीय मिलन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै, थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २५ वर्षीय शाहिल अलि देवानलाई सोही महानगरपालिका-१६ बालाजुबाट ट्रामाडोल ३ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने मुगु खत्याड गाउँपालिका-३ घर भएका २५ वर्षीय सुरेश शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै क प्र.०२.००१ ज ०६९८ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१० झिलमिले बस्ने हिमा पुनलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र नाईट्राजेपाम १४ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय महेश बुढाथोकी र रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने १९ वर्षीय ईश्वर परियार रहेका छन्। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहा, औरही गाउँपालिका-४ नयाँ कमलपुर गाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३ किलोग्राम सहित गोलबजार नगरपालिका-१ मुक्सार बस्ने ४२ वर्षीय जय राम जोशी समेत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ करबोला चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ४० ग्राम सहित पर्सागढी नगरपालिका-९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
झापा, भद्रपुर नगरपालिका-९ बस्ने ३८ वर्षीय नरेन राजबंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी घर भएका ३२ वर्षीय सुशिल परियार समेत २ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, आईपिपिएल ४३ एम्पुल र फेनारगन ४३ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुशिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाशित: १७ श्रावण २०८२ २१:३३ शनिबार





