६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अपराध

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।  

फरार भएकामध्ये हालसम्म १५ जनालाई  विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।

बाँकीको पनि खोजी भइरहेको उनले जानकारी दिए । सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ ।

प्रकाशित: १६ कार्तिक २०८२ १८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App