२५ असार २०८२ बुधबार
image/svg+xml
अपराध

मितेरी सहकारीको रकम अपचलन गरी फरार रहेका भण्डारीलाई नेपाल ल्याइयो

ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा काठमाडौं ल्याइएको छ। 

भण्डारीलाई बुधबार राति १० बजे सिंगापुर एअरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै काठमाडौं ल्याइएको हो। उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। भण्डारी रकम अपचलन गरेर फरार भएपछि प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’मा समेटेर फरार सूचीमा राखेको थियो।

इन्टरपोलमार्फत प्रहरीले भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याएको हो। त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो।

मितेरी सहकारीमा केही वर्षअघिसम्म कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन्। महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन्।

ज्याेतिबहादुर भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्याेति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आराेप छ।

प्रकाशित: ५ असार २०८२ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App