४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा ‘ड्राइभर रेशम’ पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–४ का ३६ वर्षीय रेशमराज पौडेल रहेका छन्। ‘ड्राइभर रेशम’ को नामले चिनिने उनलाई ब्युरोको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो।

ब्युरोद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार, पौडेलले युट्युबलगायतका डिजिटल प्लेटफर्ममा नियमित रूपमा विभिन्न व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्यहीन, आधारहीन र भ्रामक सामग्री प्रकाशन गर्दै आएका थिए।

उनले कानुनले वर्जित गरेका अपशब्द प्रयोग गरी नकारात्मक धारणा फैलाउने तथा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्रीहरू निरन्तर प्रकाशन गर्ने गरेको प्रहरीको भनाइ छ।

प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनको संलग्नता खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीको सहयोगमा ब्युरोले उनलाई नेपालगञ्जको रुपैडियाबाट पक्राउ गरेको हो।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको ब्युरोले जनाएको छ।

प्रकाशित: ३ असार २०८२ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App