सशस्त्र प्रहरीले वीरगन्जमा लाखौं मूल्य बराबरको तस्करीको कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका ६ रेशमकोटीस्थित एक गोदाममा भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा भण्डारण गरि राखेको भन्सार छलीको कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल पर्सा र वीरगन्ज भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले स्थानीय रमेश अग्रवालको घरमा रहेको जी.के. ट्रेडर्स लेखिएको गोदामबाट छामा मारी ठुलो सफलता हात पारेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी राधेशयाम धिमालले बताए ।
भारतको सिमावर्ती बजार रकशौलबाट तस्करी गरि अवैधानिक तरिकाबाट ल्याएको कपडा वीरगन्जको ट्रास्पोर्ट मार्फत काठमाडौंतर्फ पठाउन गोदाममा राखिएको रेडिमेड जिन्स पाइन्ट र टी-सर्ट बरामद् गरिएको एसपी धिमालले बताए ।
बरामद भएको सामानमा २२ लाख ७१ हजार मूल्य बराबरको कपडा रहेको छ । बरामद भएको सामानलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको एसपी धिमालले बताए ।
प्रकाशित: २ असार २०८२ १७:०४ सोमबार




-600x400.jpg)