६ माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

तीन लाख बढिको अबैध काठ बरामद

बेवारिसे अवस्थामा राखिएको साल जातको अबैध चिरान काठ प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–३ स्थित राखिएको अवस्थामा अबैध चिरान काठ प्रहरीले बिहीबार दिउँसो बरामद गरेको हो ।  

टाँचा नलगाएको चिरान काठ ८१.१५ क्युफिट अन्दाजी बजार मुल्य रु ३ लाख ६५ हजार १ सय ७५ बराबर रहेको प्रहरीले जनाएको छ । 

फेला परेको अबैध काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रकाशित: २२ जेष्ठ २०८२ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App