४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ

फाइल तस्बिर

प्रहरीले साढे १२ क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। भने, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट करिब १ सय ७ किलो १ सय १० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटार बस्ने रत्न माया श्रेष्ठ, ४२ वर्षीया कमला श्रेष्ठ र रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साह रहेका छन्।

मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यस्तै, प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो। 

श्रेष्ठद्वयलाई प्रहरीले बिहीबार दिउँसो र साहलाई शुक्रबार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०८२ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App