८ माघ २०८२ बिहीबार
image/svg+xml
अपराध

किशोरीमाथि बलात्कारको आरोपमा दुई जना पक्राउ

पर्सामा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै आरोपमा सोमबार पक्राउ गरिएको छ। आरोपित पासवानले किशोरीलाई प्रलोभनमा पारी भारत लगेर पटकपटक बलात्कार गरेको आरोप छ।

पीडितको जाहेरीका आधारमा यादव र पासवानमाथि बलात्कारसम्बन्धी मुद्दा चलाइएको छ। जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको लम्सालले बताए। रासस

प्रकाशित: १४ जेष्ठ २०८२ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App