५ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

धनकुटाबाट ८ सय ९० किलो गाँजा सहित एक पक्राउ

धनकुटाबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

साँगुरीगढी गाउँपालिका-५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थान सहित सोही गाउँपालिका-२ बुढीमोरङबस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो। 

प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० जेष्ठ २०८२ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App