१ असार २०८२ आइतबार
image/svg+xml
अपराध

म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर कामदारको हत्या

म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा श्रीमान्-श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका छन्।

आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षका मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरेका हुन्। गत वैशाख २८ गते बेवारिस शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए।

मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रूपमा कार्यरत आएका थिए। घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

अभियुक्त बलबहादुर दम्पतीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए। 

‘दम्पतीले मिलेर हत्या गरेको स्वीकार गरिसकेका छन्, घटनाको थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक पौडेलले भने। अभियुक्त दम्पतीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ जेष्ठ २०८२ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App