४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

टिकटकमा पेस्तोल देखाएको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ

सामाजिक सञ्जाल टिकटकमा पेस्तोल देखाएको आरोपमा कपिलवस्तुमा एक जना युवक पक्राउ परेका छन्।

शुद्धोधन गाउँपालिका वडा नम्बर ६ महादेवका २१ वर्षीय रघुबिन्द यादवले आफ्नो टिकटक एकाउन्टमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरेको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। स्थानीयमा डर त्रास फैलाएको भन्ने सूचनाका आधारमा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मणिमोहन अधिकारीले बताए।

मायादेवी गाउँपालिका वडा नम्बर पकडीस्थित मायादेवी होटलबाट उनलाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए।

प्रकाशित: ८ वैशाख २०८२ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App