२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

समानुपातिकतर्फ ३,२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक, भोलिदेखि दाबी विरोध गर्न पाइने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम राजनीतिक दलहरूले पेस गरेको बन्दसूची सार्वजनिक गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सार्वजनिक गरिएको विवरणमा ५७ वटा निर्वाचन चिह्नमा ६३ वटा राजनीतिक दलबाट पेस भएका कुल ३ हजार २१३ जना उम्मेदवारहरूको नाम बन्दसूचीमा समावेश छ।

उक्त बन्दसूची आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ।

आयोगले सार्वजनिक गरेको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूको योग्यताका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा मतदाताले दाबी विरोध गर्न सक्नेछन्।

यसका लागि आयोगले २०८२ माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तोकेको छ। सो अवधिमा बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेभित्र निर्वाचन आयोगस्थित समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई तोकिएको ढाँचामा उजुरी दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित: ४ माघ २०८२ २१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App