यातना दिएर कुकुर मारेको आरोपमा प्रहरीले रोल्पाबाट दुई बालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको लुम्री गाउँपालिका–७ हार्जाङबाट प्रहरी पुन थरका ११ र १८ वर्षका दुई बालकलाई नियन्त्रणमा लिएको हो ।
गत वैशाख ३ गते गाउँमा १४ जनालाई टोकेको दाबी गर्दै कुकुरलाई झुण्ड्याएर मारेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरु विरुद्ध पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित: ७ वैशाख २०८२ १७:३१ आइतबार





