लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका–८ का ६९ वर्षीय यक्षध्वज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर गरेको थियो।
त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २९ चैत्र २०८१ १५:४१ शुक्रबार





