बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुर टोलमा रहेको डेराबाट नगद दुई लाख ३० हजार र एलईडी टिभी चोरी गर्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार चोरीको आरोपमा सिम्रौनगढ नगरपालिका–९ बाँसबरीया टोलका अनुरुध साहलाई पक्राउ गरिएको छ।
प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार गत फागुन २९ गते बेलुकी अविनास यादवको डेराबाट उक्त रकम र अभियान कम्पनीको एलईडी टिभी चोरी भएको थियो।
अनुसन्धानका क्रममा घटनामा साहको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको तामाङले जानकारी दिए। प्रहरीका अनुसार चोरी भएको रकम र टिभी साहबाट बरामद गरिएको छ।
पक्राउ परेका साहलाई बारा जिल्ला अदालत, कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०८१ १९:५७ बुधबार