२९ फाल्गुन २०८१ बिहीबार
image/svg+xml २१:२२ अपराह्न
अपराध

देशका विभिन्न स्थानबाट लागूऔषध सहित २२ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घर भएका २१ वर्षीय सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका २१ वर्षीय बिशाल थापा र कास्की घर भएका १६ वर्षीय किशोर रहेका छन्।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको ह।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० बस्ने २३ वर्षीय पारस बुढामगर रदैलेख महाबु गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड धौलाकोटी होटल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिक-२ बस्ने १९ वर्षीय असिम रावत र पञ्चपुरी नगरपालिका-६ बस्ने २० वर्षीय आकाश खड्का रहेका छन्।

अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, कनकाई नगरपालिका-४ मनकामना टोलबाट अवैध लागूऔषध गाँजा ८ किलो ४० ग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ईन्द्र चौधरी र उनकै श्रीमती ३२ वर्षीया ममता चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय कुबिर राई र सोही उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय समिर राई रहेका छन्। 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका-९ दमार बस्ने २० वर्षीय गणेश वादी, २४ वर्षीय दिलिप वादी र २५ वर्षीय धुर्व वादी रहेका छन्।

उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुर, लालझाडी गाउँपालिका-३ बल्मीबस्ने २२ वर्षीय मिलन राना र सोही गाउँपालिका-२ कञ्ज बस्ने, २७ वर्षीय पुरन रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय दिवस चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

साथै, थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भिमदत्त नगरपालिका-१८ बागवाणी बस्ने नरेश बमबाट खरिद गरेको भन्ने खुल्न आए पश्चात नरेशको घर तलासी गर्दा १ ग्राम ३९ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन फेला पारी नरेश र उनकै श्रीमती हिरा बमलाई समेत प्रहरीले पक्राउ गरेको छ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय धने राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भानुचोकबाट जिरोप्वाईन्टतर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

उल्लेखित घटनाका  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ फाल्गुन २०८१ १६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App