बाँकेको खजुरास्थित एक रिसोर्टमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
खजुरा गाउँपालिका-४ मा रहेको खजुरा मिनि पार्क रिसोर्टमा जुवातासको खाल जमिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-८ बस्ने ३३ वर्षीय एकराम हुसेनसहित १३ जना रहेका छन्।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई गए राति रिसोर्टभित्रैबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जुवाको खालबाट १ लाख २८ हजार ३ सय १० रूपैयाँ नगद र ५ बुक तास बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा राखिएको छ।
प्रकाशित: २ जेष्ठ २०८३ १९:११ शनिबार





