कपिलवस्तुबाट प्रहरीले ठुलो परिमाणमा चरेससहित ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–२ बाट १४ केजी ७७४ ग्राम चरेससहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरकिो भनाइ छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का ६६ वर्षीय शुकलाल घर्ती, रोल्पाको थवाङ गाउँपालिकाका ४९ वर्षीया प्रेमसरी रोका र रुकुमपूर्व भूमे गाउँपालिकाका ६ वर्षीया सरिता पुन रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित: ११ फाल्गुन २०८१ १८:०१ आइतबार





