७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

२ अर्ब बढीको जुवा खेलाउने चार भारतीय पक्राउ

२ अर्ब भन्दा बढी रकमबराबरको अवैध अनलाइन जुवा खेलाउने कार्यमा संलग्न चार जना भारतीय नागरिक पक्राउ परेका छन्। 

उनीहरूलाई काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका तौलुङ स्थित घर भाडामा लिई विभिन्न अवैध अनलाइन गेमिङ वेबसाइट प्रयोग गर्दै अनलाइन जुवा खेलाउने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरी वृत महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठ समेतबाट खटिएको टोलीले चार जना भारतीय नागरिकहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा अब्दुल कलाम, आरिफ हुसेन, अविसेक मदेसियार इरफान पठान रहेका छन्। मंगलबार उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ७ फाल्गुन २०८१ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App