३० चैत्र २०८१ शनिबार
image/svg+xml १४:२० अपराह्न
अपराध

रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता, ८ करोड २७ लाख बिगो मागदाबी

बाल यौन शोषणको मुद्दा खेपिरहेका लिटल बुद्ध भनेर चिनिने रामबहादुर बम्जन (रामलाल बम्जन) विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ ।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग लागेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय सर्लाहीमार्फत् सर्लाही अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको छ ।

यस्तै बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्ति र बरामद भएको रकम जफत गर्न विभागको माग छ । गैरकानुनी रूपमा स्रोत लुकाउने छल्ने लगायत निषेधित कार्य गरेकाले बम्जनविरुद्ध हदैसम्मको सजायको माग विभागको छ ।

प्रकाशित: ६ फाल्गुन २०८१ १९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App