सामाजिक सञ्जाल मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा उदयपुरका ३१ वर्षीय विश्वराज राईलाई पक्राउ गरिएको छ। साइबर ब्यूरोले यस सम्बन्धमा जानकारी दिएको छ।
उनले पीडित महिला र उनको प्रेमीसँग सम्बन्धित व्यक्तिगत भिडियो तथा तस्विरहरूलाई म्यासेन्जरमार्फत पीडितका आफन्तहरूमा पठाएर गाली गलौज गरेका थिए।
त्यसै आधारमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, सिराहाको सहयोगमा उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट थप पाँच दिनको म्याद लिएर आवश्यक अनुसन्धान थालिएको छ।

प्रकाशित: २५ माघ २०८१ २१:३४ शुक्रबार





