हत्या अभियोगमा एकजनालाई पक्राउ गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ की ४३ वर्षीय बिचारी तामाङलाई नियन्त्रणमा लिइएको हो।
शनिबार बेलुकी प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि सोही ठाउँमा बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या गरेको अभियोग छ।
प्रहरीका अनुसार बिचारीले लेनदेनको विषयमा विवाद हुँदा बिहीबार दिउँसो कुटपिट गर्दा तामाङ गम्भीर घाइते भएकी थिइन्। उनका ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: २० माघ २०८१ १३:४० आइतबार




