कैलालीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ३४ वर्षीय जीवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्री समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रुपैयाँ र १० थान मोबाइल सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २९ पुस २०८१ १६:०० सोमबार





