काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यातायात क्षेत्रमा हुने विकृति रोक्न विभिन्न यातायात कार्यालयहरूमा छापा मारेको छ।
सो क्रममा बिचौलियाको भूमिका निर्वाह गर्ने १४ जना व्यक्तिहरू पक्राउ परेका छन्।
प्रहरीले भक्तपुरको यातायात व्यवस्था कार्यालय (राधेराधे), काठमाडौंको गुर्जुधारा यातायात कार्यालय र दक्षिणढोकास्थित ट्रायल सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने, जबरजस्ती काम गरिदिन्छु भन्दै रकम असुल्ने र कार्यालयका कर्मचारीहरूको नियमित काममा समेत प्रभाव पार्ने गरेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।
प्रकाशित: १० पुस २०८२ १८:१६ बिहीबार




