गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने कार्यमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
कास्कीमा हातहतियार लुटपाट गरेर हिँड्ने र आगो लगाउने कार्यमा संलग्न चार जना, वडा प्रहरी कार्यालय बगर कास्कीमा हतियारको थुप्रो लगाएर आगो लगाउने एक जना र प्रहरी चौकी नयाँपुल कास्कीमा आगलागी गर्ने पाँच जना गरी जम्मा १० जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा राजेश मक्रान्ती, नारायण साई, अरुण विक, रुपेश मगर, दीपु साई, लङबहादुर नेपाली, अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की, पूर्णबहादुर नेपाली छन्।

प्रकाशित: १२ कार्तिक २०८२ ०७:१८ बुधबार




