नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त?
नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।
नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।
मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। बर्डफ्लूको संक्रमण फैलिएपछि किसानलाई करोडौं रुपैयाँको क्षति पुगेको छ। बर्डफ्लूको संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको पशु सेवा विभागले जनाएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले बर्डफ्लू भाइरस भएको पुष्टि गरेपछि कुखुरा नष्ट गरिएको छ।
लगानीका लागि आवश्यक पुँजी संकलनको एउटा माध्यम हो सेयर। कुनै पनि कम्पनीले आफूलाई आवश्यक पुँजीका आधारमा सेयर जारी गर्छ। यसरी सेयर जारी गर्नुभन्दा पहिला सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ। सूचीकृत सेयर कारोबार स्टक बजारमा हुन्छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल परिसर भित्र व्यवसायिक प्रयोजनका लागि भएका सम्झौता तथा वायु सेवा कम्पनीहरूले बुझाउन बाँकी रहेको वक्यौताप्रति संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ।
सभामुख कृष्णबहादुर महराले गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न निर्देश गरेका हुन्।
वैदेशिक रोजगार व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन्। गत फागुन २४ गते साँझ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटबाट त्रसित बनेका व्यवसायीले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुरक्षा र घटनाबाट भएको क्षतिको उचित क्षतीपूर्तिको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता नगर्ने बताएका छन्। विप्लवले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरेको भन्दै ओलीले वार्ता नगर्ने अडान लिएका हुन्। विप्लव लुटेरा समूह भएको उनको ठहर छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको वैठकमा सांसदहरुले विद्यमान ऐनले विदेशी लगानीको सीमा, प्रवेश तथा वर्हिगमन छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति दिलाउन नसकेको बताए ।
मार्च १५ को दिनमा विश्व उपभोक्ता अधिकार दिवस मनाउदै आएको छ । एकता तिर दिवस मनाई रहदा उपभोक्ताहरुको अबस्था भने मारमा पर्ने क्रम बढ्दै गएका छन् । सरकारी क्षेत्रबाट बस्तु तथा सेवाभित्र प्रभावकारी नियमनको प्रयास भए पनि बजारमा उपभोक्ता ठगीने क्रम भने रोकिएको छैन । वजारमा कालोवजारी, महंगी देखि खाद्यान्नमा मिसावट लगाएत उपभोक्ता ठग्ने प्रवृती वढ्दै गएका छन् भने त्यसलाई नियन्त्रण, नियमन, अनुगमन गर्ने सरकारी निकाय निरिह जस्तो देखिन्छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार हजारौं सीके राउत जन्माउन लागेको आरोप लगाएका छन्। नागरिक नेटवर्कको सप्ताहिक कार्यक्रम नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुराकानी गर्दै महतोले संघीय नेपालमा तल्लो तहसम्म अधिकार नदिएर हजरौं सीके राउत जन्माउन लागेको आरोप लगाए।
नागरिक फ्रन्टलाइन: राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य
सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ? राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य।
सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताप्रति नेपाली कांग्रेसले प्रदेश १ को संसदमा आपत्ति प्रकट गरेको छ। मंगलबारको संसद् बैठकमा विशेष समय लिएर कांग्रेस सांसद शिवनारायण गनगाईंले सरकारले गरेको सम्झौता शंकास्पद रहेको बताए। प्रधानमन्त्रीले त्यसबारे मुलुकलाई प्रस्ट गर्नुपर्ने पनि उनले माग गरे। ‘राष्ट्रिय अखण्डता र स्वाधीनताविरुद्ध निरन्तर सक्रिय व्यक्तिसँग हठात् सम्झौता गरेर सरकारले देश टुक्र्याउने गतिविधिलाई प्रोत्साहन गरेको देखिएको छ,’ सांसद गनगाईंले भने, ‘यो सम्झौता राष्ट्र हितअनुकूल छैन। यो त्रुटि सच्याउन म सरकारसँग माग गर्छु।’
सरकार र राष्ट्रिय जनता पार्टी बीचको सम्बन्ध पुन: टाढिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा र सरकार बीचको सम्बन्ध टुटेको हो।
पछिल्लो समय श्रङ्खलाबद्ध रुपमा बम बिस्फोटका घटना भैरहदा यसले पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको सन्देश दिएको छ। थप जानकारीका लागि हेर्नुहोस भिडियो:
अधिकांश सांसदको प्रश्नमा संचालक समितिका सदस्यले संचालक समितिलाई जानकारी नभएको, भएका निर्णय व्यवस्थापनले गरेको जस्ता जवाफ दिएर उम्किन खोजे। सोधिएको प्रश्नको जवाफ प्रस्ट सँग नपाएपछि सांसदहरु आक्रोशित बन्दै गएका थिए। त्यहि आक्रोशको पोको खोले कांग्रेस सांसद मिनेन्द्र रिजालले।
राजधानीमा आज देखि सुरु भएको किसान सम्मेलनमा कृषि मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासका लागि सामुहिक खेती उत्पादनमा जोड दिएको वताउनुभएको हो । किसानहरुको हक अधिकारलाई सरकारले महत्व दिएको उल्लेख गर्दै मन्त्री खनालले सामुहिक खेती उत्पादनले मात्र कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।
मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको कुदाउने कला प्रस्फुटन गर्न राजधानीमा होन्डा नेपालले आयोजना गरेको होण्डा नेपाल ड्रिम कप २०१९ को समापन भएको छ। यो नेपालको पहिलो रेसिङ्ग प्रतियोगिता हो।
महिला दिवसको अवसरमा महिला अधिकारको लागि विभिन्न संघ संगठनहरुले कार्यक्रम गरिरहँदा दैनिक हातमुख जोर्न धौ धौ हुने सिन्धुपाल्चोककी वर्षा क्षेत्रीलाई भने यो दिवसको कुनै प्रभाव परेन ।
देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला छिन् । संघीय संसद्को प्रतिनिधी सभामा पनि ३४ प्रतिशत महिला छन् । राष्ट्रिय सभामा ३७ प्रतिशत महिला छन् ।
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधाको माग राख्दै १६ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले विभिन्न सात माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन।
सरकारको काम प्रभावकारी बन्न नसेकेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।