राजनीतिक दलहरु नै व्यवस्थित नहुँदा समृद्धि सम्भव छ?
लोकतन्त्रका सम्वाहक राजनीतिक दल र संरचना किन कमजोर भइरहेछन्? राजनीतिक दलहरु नै व्यवस्थित नहुँदा समृद्धि सम्भव छ? राजनीतिशास्त्री हरि शर्मा, नागरिक फ्रन्टलाइन।
लोकतन्त्रका सम्वाहक राजनीतिक दल र संरचना किन कमजोर भइरहेछन्? राजनीतिक दलहरु नै व्यवस्थित नहुँदा समृद्धि सम्भव छ? राजनीतिशास्त्री हरि शर्मा, नागरिक फ्रन्टलाइन।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको ‘कोटा’मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै लिखित उजुरी नपरेको पाइएको छ।
नेपाल, भारत, र चीनका तीन महिलाले संयुक्त सगरमाथा आरोहण गर्दै छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मालाई नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्तरण गरी सफल आरोहणको शुभकामनासमेत दिएका थिए।
२०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? वैदेशिक रोजगारका सरोकारवालाहरु के भन्छन्? थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट :
एक पल्ट २०७५ लाई फर्केर हेरौं। खासगरी वैदेशिक रोजगारको नजरबाट। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ हिस्सा ओगटेको वैदेशिक रोजगार क्षेत्र २०७५ मा कस्तो रह्यो? वैदेशिक रोजगार क्षेत्रमा के कस्ता घटना घटे? के कस्ता सुधार भए? २०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? त्यसको लेखाजोखा गर्ने प्रयास गर्दैछौं। २०७५ मा वैदेशिक रोजगार।
विस्तृत शान्ति सम्झौता अनुसार सरकारले २०७१ माघ २७ गते राज्यपक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीबीच भएको सशस्त्र द्वन्द्वको क्रममा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनाको सत्य तथ्य छानबिन गरी कानुनी कारवाहीको सिफारिसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो। तर आयोगले कार्यसम्पन्न गर्न नपाउँदै आयोग पदाधिकारीविहीन बन्न पुगेको छ। सरकारले गत माघ २५ गते वर्तमान पदाधिकारीहरुको समयावधि चैत मसान्तसम्म कायम रहने गरी आयोगको ऐन संशोधन भएसंगै आयोगका सबै पदाधिकारी पदमुक्त भएका हुन्। आयोग पदाधिकारीविहीन हुन पुग्दा यस अबधिमा दुवै पक्षबाट परेका उजुरीहरु सुरक्षित रहने हो कि होइन भन्ने चासो देखिएको छ।
२०७२ मा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भएको पनि ३ बर्ष वित्न लाग्यो। तर पनि यसले पूर्णता पाउन सकेको छैन। भूकम्प गएपछि मात्रै पाँच वटा सरकार परिवर्तन भए र सबैको प्रथामिकतामा रंगशाला पुनर्निर्माण एजेण्डा बने । तर पनि रंगशाला पुनर्निर्माणको गति बामे शैलीमा छ।
वरिष्ठ अधिवक्ताहरुले न्यायालयमा भागवण्डा सैह्य नभएको बताएका छन्। न्याय परिषद्ले भागवण्डा र नातागोताका आधारमा कनिष्ठ र अयोग्यलाई सर्वाेच्च र उच्च अदालतमा न्यायाधीशमा सिफारिस तथा नियुक्त गरेका बेला अधिवक्ताहरुले भने न्यायालयमा भागवण्डा घातक भएको र यसले संविधान नै ध्वस्त पार्ने चेतावनी दिएका छन्।
नागरिक फ्रन्टलाइन: बरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र दिनेश त्रिपाठी
जन्मका आधारमा नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिनु कानूनसम्मत भएको सरकारले दाबी गरेकाे छ।। राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा जवाफ दिँदै गृहमन्त्री थापाले विगतका मुद्दामा सर्वोच्चले वंशजकै आधारमा दिनु भनेर दिएको आदेशमा टेकेर सरकारले वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको दाबी गरे।
भागवण्डा र कोटा प्रणालीको आडमा गुणस्तरलाई लत्याउँदै जाँदा नेपालको सार्वजनिक निकायको साख खस्किँदो छ। कसरी जोगाउने न्यायालयको साख? यहि विषयमा नागरिक फ्रन्टलाइनमा कुराकारनी गर्दै वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र शम्भु थापा।
अपाङ्गतामैत्री फुटपाथ नभएको भन्दै केही हप्ता अघिमात्र काठमाडौंको जोरपाटीस्थित सडकपेटी अपाङ्गता भएका व्यक्तिहरुले भत्काएका थिए। राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्। भएका सडक पेटीमा पनि मोटरसाइकल तथा कार पार्किङ गरिएका हुन्छन्। अर्कोतर्फ सडक पेटीमा भएका खाल्डा खुल्डीले पनि उनीहरुको यात्रालाई थप कष्टकर बनाएको छ। त्यसैगरी अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरी सडक पेटीमा ‘ट्याकटाइल’को व्यवस्था गरिएको भए पनि सो सडक अपाङ्गमैत्री हुन नसकेको उनीहरुको गुनासो छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा अवस्था तनावपूर्ण भएको हो।
‘सबैलाई समेटौं, सबैका लागि स्वास्थ्य’ भन्ने नारासहित नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। तर एकातिर स्वास्थ्य दिवस मनाई रहँदा अर्कोतर्फ सरकारी चिकित्सकहरु सरकारले ल्याएको समायोजन प्रक्रियामा असहमति जनाउँदै आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा छन्।
तारागाउँ रिजेन्सी होटल्स: संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले काठमाडौंको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई हक हस्तान्तरण गरिएको १५० रोपनी जमिन नेपाल सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ। होटल सञ्चालनका लागि तारागाउँ विकास समितिले गरेको जग्गा हस्तान्तरण प्रक्रिया मालपोत ऐन २०३४ अनुसार प्रतिकुल रहेको र अनुचित तरिकाले हक हस्तान्तरण गरिएको समितिको ठहर छ।
चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षमा राष्ट्रिय उत्पादन कम्तिमा पचास प्रतिशतले बृद्धि भएको हुनुपर्ने बताएका छन्। 'जसले हामीलाई आर्थिक उन्नतिको क्षेत्रमा थप अगाडी बढ्न गति दिन सक्छ', उनले भने।
अर्थशास्त्री एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालकाे अर्थतन्त्र सुकुल गुण्डाजस्तो भएको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै लोहनीले नेपालको अहिलेको अर्थतन्त्र सुकुल गुण्डा अर्थतन्त्र भएको बताए। ‘घरमा सुत्नलाई सुकुलबाहेक केही छैन, खानलाई पनि केही छैन्। तर बाहिर हिड्दाखेरी कोट पाइन्ट लगाएर, डेन्टिङ–पेन्टिङ गरेर हेर्दाखेरी राम्रो भएर हिड्नेजस्तो छ हाम्रो अर्थतन्त्र’, उनले भने।
न्यायापालिका कानुनको अन्तिम ब्याख्या गर्ने निकाय भएपनि कार्य सम्पादनमा हुने ढिला सुस्तीका कारण भने आलोचित हुदै आएको छ । विधिको शासन, प्रभावकारी न्याय, सक्षम सुलभ र पहुँचयोग्य बनाउदै जनआस्थामा आधारित न्यायको कल्पना गरिपनि सेवाग्राहीले भने त्यस्तो अनुभूति पाउन सकेका छैनन् । राजधानीमा बुधवार देखि सुरु भएको न्यायाधीसहरुको तेस्रो सम्मेलनमा प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाले न्यायालय भित्र रहेका यस्ता विकृतिलाई निराकरण गर्ने प्रतिवद्वता जनाए ।
नागरिक फ्रन्टलाइन: डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त
के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला? कहाँ अड्कियो राप्रपाको एकता प्रक्रिया? अर्थशास्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नागरिक फ्रन्टलाइनको लाइव प्रसारणमा।
विगत १० महिना देखि कसिएको मलेसिया रोजगारीको गाठो आंशिक रुपमा खुलेपछि वैदेशिक रोजगार क्षेत्रमा यसले भिन्नै तरंग ल्याएको छ। गत जेठ महिना सम्म कलिङ भिसा प्राप्त गरेर मलेसिया जाने पर्खाईमा रहेका करिब ७ हजार नेपालीहरुको श्रम स्वीकृति दिने निर्णय वैदेशिक रोजगार विभागले गरेको छ। जुन निर्णयलाई मलेसियामा कामदार आपूर्ति गर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरुले सकारात्मक कदम मान्दै अब जति सक्दो छिटो नयाँ कामदार आपूर्तिको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।
आइतबार साँझ पलभरमै आएको आँधीले सयौं परिवार विस्थापित भए। २७ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भए। आफ्नो घर भत्किएको पीडा भुलेर घाइतेको उद्धारमा स्थानीय आफैं जुटे। त्यो रात उद्धार टोली पनि गाउँमा खासै देखिएन।
आइतबार साँझ पलभरमै आएको आँधीले सयौं परिवार विस्थापित भए। २७ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भए। आफ्नो घर भत्किएको पीडा भुलेर घाइतेको उद्धारमा स्थानीय आफैं जुटे। त्यो रात उद्धार टोली पनि गाउँमा खासै देखिएन।